घाटमा पुर्याइएकी महिला चल्मलाएपछि पुनः अस्पताल भर्ना

पाल्पा । अन्तिम संस्कारका लागि घाटमा लगिएकी एक महिलाको फेरि उपचार सुरु भएको छ।

अन्तिम संस्कारका लागि भनदै घाट लगिएकी रैनादेवी गाँउपालिका–१, सिद्धेश्वरकी ३६ वर्षीया नर्मता ज्ञवालीको अहिले लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको छ।

Advertisement

ज्ञवालीको तानसेनकै युनाइटेड मिशन अस्पतालमा १० दिनसम्म उपचार भएको थियो। आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउँसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज गरेको थियो।

वडाध्यक्ष सोमबहादुर दर्लामीका अनुसार अक्सिजन निकालेको आधा घण्टापछि बिरामीको ज्यान गएको हल्ला चलेको थियो । त्यसपछि बिरामीका आफन्तले नर्मतालाई सिधै रिँडीघाट पुर्‍याएका थिए।

आधा शरीर पानीमा डुबाएको केही समयपछि बिरामी चल्न र कराउन थालेपछि तत्कालै गुल्मीको रिँडी प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो।

स्वास्थ्यकर्मीले धड्कन र नाडी चलेकाले थप उपचारका लागि अस्पताल लान सुझाव दिए।  त्यसपछि सोमबार बेलुकी लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना गरी नर्मताको उपचार भैरहेको छ।

More News last news
Loading...