गुल्मीमा बाढी र पहिरोः ८ जनाको मृत्यु, २ जना बेपत्ता

गुल्मी । गुल्मीको सत्यवतीमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

अविरल वर्षासँगै सोमबार राति गुल्मीको सत्यवती गाउँपालिका– ३ लोलुम्पेकको कसिनथला र वडा नम्बर ४ लिम्घाको भिरकुनामा पहिरो जाँदा ८ जनाको ज्यान गएको हो । पहिरोमा पुरिएर २ जना बेपत्ता भएका छन् ।

Advertisement

पहिरोमा ज्यान गुमाउनेमा सत्यवती गाउँपालिका–३ कसिनथला निवासी ३१ वर्षीय तिलकुमारी तरामु र उनका ७ वर्षका छोरा दर्शन तरामु रहेका छन् ।

यस्तै, लिम्घा भिरखानीकी वर्ष १२ की अञ्जली विक, वर्ष ९ का हेमान्सु विक, वर्ष २९ पम्फा विक, वर्ष ६० की छली विक, वर्ष १० की सिमानी विक र निर्मली विक रहेका छन् ।

पहिरोमा पुरिएर तारा विक र सुमन विक हराइरहेको स्थानीयले जानकारी दिएका छन् । उनीहरुको खोजी भैरहेको छ ।

More News last news
Loading...