निर्मला हत्या नयाँ र पहिलो होईन, अपराधलाई पूर्ण निषेध गर्न सकिन्न : गृहमन्त्री 

काठमाडौं  । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला हत्या प्रकरण नौलो घटना नभएको बताएका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बादलले निर्मला प्रकरण पहिलो नभएको भोलि पनि रहिरहने भन्दै घटनालाई राजनीतिकरण गर्न जरुरी नरहेको बताएका हुन् ।

Advertisement

गृहमन्त्री थापाले यस्ता घटनाहरुलाई पूर्ण रुपमा रोक्न नसक्ने भन्दै यस किसिमका अपराध नयाँ र पहिलो नभएको दाबी समेत गरे ।

उनले भने,‘ निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’

More News last news
Loading...