स्टार ईन्टरनेशनल अवार्डको मनोनयनमा छन्त्यालको ‘माया गरम भो’

काठमाडौं । प्रवासबाटै लोकगीतसंगीतमा क्रियाशिल गायक युवराज छन्त्यालको ‘माया गरम भो’ स्टार ईन्टरनेशनल अवार्डको मनोनयनमा परेको छ ।

लाजिम्पाट स्थित होटल लि हिमालयमा आयोजित कार्यक्रममा आषाढ ३१ गते सम्म आवेदन दिने मध्येबाट सर्वोकृष्ट प्रवासी गायक अन्तर्गत छन्त्यालको ‘माया गरम भो’ मनोनयनमा परेको हो । गायक छन्त्यालले प्रवासमा रहेर नै सिर्जना गरेका ‘चाइना तीर नाम’, ‘लास्टै टेन्सन भोे’ लगायतका गीतहरुको सिर्जना गरिसकेका छन् ।

Advertisement

यसैगरी उक्त विधामा म्याक्स नेपालको ‘म एक परदेशी’ र दिपेन्द्र गुरुङको ‘खैजडकीको’ पनि मनोनयनमा परेको छ । आषाढ ३१ गते सम्म आवेदन दिने स्रष्टाहरु मध्येबाट ६७ विधामा उत्कृष्ट टप ३ को मनोनयन पत्र एवं सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विदेशमा रहेर पनि गीत संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेर उत्कृष्ट योगदान दिए बापत अन्तराष्ट्रिय कलाकार मन्चका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ लोक गायक एवं संचारकर्मी राम प्रसाद खनाललाई स्टार अफ किङ्ग कतारले स्टार अफ दि यिएर को अवार्ड प्रदान गरेको थियो ।

सोही कार्यक्रममा स्टार ईन्टरनेशनल अवार्ड आयोजनाका लागी उल्लेख्य भूमिका खेल्ने व्यबसायी अच्यूत सुवेदी, अमेरिकामा रहेर कला क्षेत्रमा सक्रिय नायक एवं मोडल रिसब पोखरेल आयोजक स्टार अफ किङ्गका प्रमुख मुनीर अव्दुल रहमान कान्डोथ तथा वरिष्ठ कानूनी सल्लाहाकार एवं स्टार ईन्टरनेशनल अवार्डका संयोजक नासिर अव्दुल रहमान लाई अवार्डका नेपाल संयोजक पेजेन्ट नेपाल तथा अरोमा ईन्टरटेनमेन्टबाट सम्मान गरिएको थियो ।

आगामी अगष्ट १२ का दिन ईदका अवसरमा कतारको दोहा स्थित भव्य हल रिजेन्सी हलमा आयोजना हुने उक्त अवार्ड वितरण कार्यक्रम हुनेछ । कार्यक्रममा चलचित्र बिकास वोर्डका अध्यक्ष केशव भट्राई, बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बरिष्ठ अभिनेत्री बसुन्धारा भुषाल, बरिष्ठ नायक सरोज खनाल, बरिष्ठ गायक आनन्द कार्की, बरिष्ठ कलाकार किरण केसी, बरिष्ठ गायिका ज्ञानु राणा,बरिष्ठ गीतकार डा.कृष्ण हरि बराल लगायतको उपस्थित रहेको थियो ।

More News last news
Loading...