काठमाडौ । हिन्दू धर्मावलम्बीहरुका लागि साउन महिनाको सोमबार विशेष दिनको रुपमा चिनिन्छ । भगवान शिवको जन्म महिना र जन्मदिन सोमबार भएकाले पनि साउन महिनालाई विशेष रुपमा लिइने गरिएको हो।
यस दिन भगवान शिवको पूजाआराधनाका लागि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमाभक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ। यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ।
महिलाहरुले हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने गर्छन्। साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यस दिन शिवोपासना विशेष मानिन्छ।
आज काठमाडौको पशुपतिनाथ, गोकर्णेश्वर, शुन्दरीजल, पेप्सीकोलास्थित नागेश्वर महादेव मन्दिर, लम्जुङको इशानेश्वर महादेव मन्दिर लगाएतका शक्तिपिठहरुमा दर्शनार्थीको ओईरो लागेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
