काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ जिल्लाका इन्चार्ज र सह–इन्चार्जको टुँगो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाइएको नेकपा स्रोतले जनाएको छ।
पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ। तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन्।
तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन्। आजको बैठकले विभागको नेतृत्व टुंगाउने भनेपनि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेकुरामा सहमति नजुट्दा पुन मंगलबार बैठक बसेर टुँग्याउने नेकपा स्रोतले जनाएको छ।
७७ जिल्लाका इन्ब्चार्ज र सह इन्चार्जको नामावली
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
