काठमाडौं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ।
विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
महत्वपूर्ण मानिएको विभाग र आयोग प्रमुखको नामावली मोटामोटी टुंगो लागिसकेको छ । विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल र संगठन विभागको प्रमुखमा वामदेव गौतम रहने सहमति जुटेको बताइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
