१५ लाख घुससहित ३ जना इन्जिनियर पक्राउ

काठमाडौं । १५ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

अख्तियारले शनिबार कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियामा कार्यरत इन्जिनियर कमल सिटौला, विश्वेश्वर प्रसाद साह, हरी प्रसाद चौधरी र सवारी चालक टंक प्रसाद ओझालाई घुससहित नियन्त्रणमा लिएको हो।

Advertisement

निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरे वापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुलाई १५ लाख घुस लिइसकेको अवस्थामा बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ बाट नियन्त्रणमा लिइएको अख्तियारको नेपालगन्ज सम्पर्क कार्यालयका शाखा अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिए। उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए।

More News last news
Loading...