केन्याबाट १२ नेपाली चेलीको उद्दार

काठमाडौं । केन्याको “न्यु रङ्गिला बार” मा मुजरा नाँच्न लगिएका थिए उनीहरु। केन्याको न्यालीमा रहेको बारमा मानव तस्करको संगठित गिरोहले पुर्याएका नेपाली चेलीहरुमाथि दुव्र्यवहारका घटना बाहिर आयो।

केन्याको पत्रपत्रिकामा १२ जना नेपाली चेलीबाट सनसनीपूर्ण खबर बनेपछि सरकारको ध्यान गयो। एउटै अर्पाटमेन्टमा राखिने र साँझको ९ बजे बारमा पुर्याइन्थे चेलीहरु। विहान ३ बजे पुनः अर्पाटमेन्टमा फर्काइन्थ्यो।

Advertisement

बार चलाएका थिए असिफ जेठा नामका केन्याली नागरिकले । बारमा यौन शोषणको विषय बाहिर आयो । मानव तस्करको संगठित समूहका नाइके जेठा केन्याको सुरक्षा निकायमा समेत प्रभाव बनाउन सकेका थिए । तर, उनी पत्रपत्रिकामा व्यापक खबर छापिन थालेपछि पक्राउ परे । उनीमाथि मानव तस्कर, मानव तसकरको प्रोत्साहन र महिलाको पासपोर्ट कब्जामा लिएकोसहित तीनवटा अभियोग लाग्यो ।

यी खबरहरु जानकारीमा आएपछि नेपाल सरकारले कुटनीतिक पहल गरेर १२ नेपाली चेलीलाई उद्दार गरेको छ । नेपाल प्रहरीका अनुसार उनीहरुलाई आफन्तको जिम्मा लगाइएको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलले निरन्तर फलोअप गरी केन्यास्थित गैरआवासीय राजनीतकि मिसनसम्म सम्पर्क गर्यो। केन्यामा नेपालको आवासीय दूतावास नभएकाले दक्षिण अफ्रिकास्थित नेपाली दुतावासबाट पहल भएको थियो। दुतावासले केन्याको डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्यालगायत अन्य संघसंस्थासँग सहकार्य गर्यो।

निकै मिहेनतपछि २ साउनमा नेपाली चेली नेपाल ल्याइएको थियो। प्रहरीले अनुसन्धानका क्रममा १२ जना चेली भारतको बाटो हुँदै केन्या पुगेको खुल्न आएको छ।

More News last news
Loading...