यात्रुले खचाखच भरिएको जीप दुर्घटना, ३ जनाको मृत्यु ११ घाइते !

काठमाडौं । यात्रुले खचाखच भरिएको जीप दुर्घटनामा परेको छ। बाजुराको जगन्नाथ गाउँपालिका–५ भुवाखोलामा जिप दुर्घटना भएको हो।

कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ३ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिनुभयो। घटनामा ११ जना घाइते भएका छन्।

Advertisement

जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको सडकबाट ५० मिटर तल खसेको बताएको छ। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

More News last news
Loading...