कैलालीमा भएको शक्तिशाली बम विष्फोटमा परी घाइते भएका विप्लवका नेता सिंहको मृत्यु

कैलालीको धनगढीमा बम विस्फोटमा परि गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको छ।

धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट हुँदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  सिंह विप्लपका बझाङका जिल्ला नेता हुन।

Advertisement

बम विस्फोटमा परि घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भैरहेको छ।

बिहीबार बेलुका कैलालीको धनगढीमा रहेको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो।

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ।

प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो।

More News last news
Loading...