कैलालीमा शक्तिशाली बम विस्फोट, ५ जना घाइते

काठमाडौं । सुदूरपश्चिमको कैलाली जिल्लामा शक्तिशाली बम विस्फोट भएको छ।

बिहीबार बेलुका कैलालीको धनगढीमा रहेको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विस्फोटमा ५ जना घाइते भएका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार घाइते हुनेहरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेका छन्। उनीहरुको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ।

त्यस्तै, घटना स्थलमा पेस्तोल समेत फेला परेको प्रहरीले जनाएको छ। घटनामा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ भने प्रहरीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ।

प्रत्यक्षदर्शीका अनुसार एक युवा होटलबाट निस्कने क्रममा एकाएक विस्फोट हुन पुगेको थियो।

बम कस्ले र किन विस्फोट गराएको भन्ने बारे खुल्न सकेको छैन्।

More News last news
Loading...