नायिका शिल्पा पोखरेलको अमृतसँग ‘उनकै कुरा हुन्छ’

काठमाडौँ । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको बिवादले यतिबेला मिडिया तातेको छ।

यसैबीचमा अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोलको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ।

Advertisement

भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी) बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ।

भिडियो संगीत सागरले निर्देशन गरेका हुन्। रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ।

More News last news
Loading...