कांग्रेस र नेकपाका नेताहरुबीच टेलिभिजनमै तँ तँ र म म भनाभन (भिडियोसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताबीच टेलिजिन कार्यक्रममै तँ तँ र म मको भनाभन भएको छ।

सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपाका सांसद यज्ञराज सुनुवार र कांग्रेसका नेता तथा पूर्व मन्त्री महेन्द्र यादवबीच तल्लो स्तरमा उत्रिएर भनाभन भएको हो।

Advertisement

यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ढाँट्दा ढाँट्दा देशलाई बर्बाद बनाएको आरोप लगाए। हिजो संसद बैठक स्थगित् गर्नुमा पनि सत्तापक्षको नै गल्ती भएको भन्दै उनले तत्काल सभामुख कृष्ण बहादुर महराले राजीनामा दिनुपर्ने माग गरे।

पूरा भिडियोमा हेर्नुहोस्

More News last news
Loading...