काठमाडौं । कृषि विकास बैक लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख देखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो ।
माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर९आइटी २० जना रहेका छन्। त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्। विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ।
जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ। दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ।
बिस्तृत बिज्ञापनमा हेर्नुहोस् :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
