काठमाडौँ । अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या ६५ पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार बिहान ७ बजेसम्म बाढी र पहिरोमा परेर २४ महिला र ४१ पुरूषको मृत्यु भएको हो।

प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन्। घाइते १७ महिला र २१ पुरुषाको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
यस्तै बाढीपहिरोमा परी १७ महिला र २१ पुरुष गरी ३८ जना घाइते छन्। १८ पुरुष र १२ महिला गरी ३० जना हालसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ।
हेर्नुहोस् अविरल वर्षाका कारण अहिलेसम्म भएको क्षतिको विवरण

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
