कुवेतको एक बिल्डिङमा भीषण आगलागी हुँदा ३ जना नेपालीको मृत्यु

कुवेत । कुवेतमा श्रमीकहरू बस्ने एक भवनमा आगलागी हुँदा ३ नेपालीको ज्यान गएको छ । उक्त आगलागीमा परी केही मानिस घाईते भएका छन् ।

शुक्रबार राति महाबुल्लाको बल्क २ मा रहेका आप्रावासी कामदारहरू बस्ने एक बिल्डिङमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भई आगलागी भएको कुवेती सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Advertisement

घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मृतकहरूको शब फ्रवानिया अस्पतालमा राखिएको छ, भने घाइतेहरूको अदान अस्पतालमा उपचार भइरहेको छ।

मृत्यु हुने नेपालीहरूमा एक पुरुष र दुई महिला रहेको भएपनि उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।

More News last news
Loading...