अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ३० पुग्यो, १८ जना बेपत्ता

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको संख्या ३० पुगेको छ। १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन्।

बाढी पहिरोमा परी ललितपुरमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ । काठमाडौं, खोटाङ र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा पाँचथर, ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी ३० जनाको ज्यान गएको हो।

Advertisement

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, पर्सा धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीले जनाएको छ ।

विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृह सचिव प्रेम राईले देशैभरी बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या प्रस्तुत गर्दै राहत तथा उद्धारलाई प्रभावकारी बनाउने निर्णय गरिएको जानकारी दिए।

More News last news
Loading...