रौतहट । केही दिनदेखि परेको अविरल वर्षाका कारण रौतहटको सदरमुकाम गौर डुबानमा परेको छ। डुबानमा परेपनि त्यहाँको जनजीवन प्रभावित बनेको छ।
बाढीका कारण यतिबेला सुरक्षाकर्मी समेत बाहिर निस्कन नसक्ने अवस्था बनेपछि उद्धारमा कठिनाई भएको छ। सुरक्षाकर्मीले उद्धार गर्न सकेको छैनन्। अहिले १० फिटभन्दा बढी पानी जमेको छ।
बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ।
गौर बजार डुबानमा परे पछि कसैको घरमा चुल्हो बलेको छैन्। सीमाक्षेत्रको बाँध भत्किन नदिन पारीका सुरक्षाकर्मीहरु बाँधमै आएर सुरक्षा दिईरहेका छन्। बाँधकै कारण सदरमुकाम डुबानमा पर्दै आएको छ।
भारतीय पक्षले लालबकैया र बागमतीलाइ जोडेर दशगजा क्षेत्रमा करिव २५ फिट अग्लो तटबन्ध निर्माण गरेपछि पानी थुनिएर सदरमुकाम गौर डुबानमा पर्दै आएको छ। दुई वर्ष अघि यस्तै अवस्थामा भारतीय क्षेत्रको बाँध भत्किएको थियो।
डुंगाबाट सशस्त्रले उद्धारको तयारी गरेको जनायो। अहिले सुरक्षाकर्मीको ब्यारेक पनि सबै डुबेको छ।बाढीले सदरमुकाम गौरसहित जिल्लाका ८० प्रतिशत भुभाग डुबानमा परेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
