काठमाडौँ । लगातार परेको पानीले देशैभरीको जनजीवन प्रभावित बनाएको छ। पानीले कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाढी गएको छ । तराईका जिल्लाहरु डुबानमा परेका छन्।
बाढीपहिरोले अहिलेसम्म १७ जनाको ज्यान गइसकेको छ भने ७ जना बेपत्ता भएका छन् । गृहमन्त्रालयको बेलुकी साढे ६ बजेसम्मको तथ्यांकअनुसार देशैभरी बाढीपहिरो र डुबानको जोखिम रहेको छ।
गृहमन्त्रालयले आपत्कालीन उद्धारका लागि सरकारी संयन्त्र चुस्त राखेको बताएको छ। तर रात पर्दै जाँदा पनि पानी नरोकिँदा सम्म ठाउँ र नदी किनारका बासिन्दामा त्रास फैलिएको छ।
यस्तै पहाडी र हिमाली भेगका बासिन्दा पहिरोको डरमा छन्। ठूला नदीहरुको बहाव बढ्दै गएको छ। राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारीसाधनहरु रोकिएका छन्। काठमाडौंबाट बाहिरिएका र भित्रने सवारीसाधन जाममा फसेका छन्। यात्रुहरु विचल्लीमा परेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
