कञ्चनपुर । कञ्चनपुर भीमदत्तनगरकी बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमा दुर्गादेवीले भीमदत्त नगरपालिकाका जागिर पाएकी छन्। उनलाई दैनिक हाजिरीमा काम गर्ने गीर नगरपालिकाले नियुक्त गरेको हो।
पति अर्की श्रीमतीसँग बाहिरै बसेको र परिवार धान्न गाह्रो भएको भन्दै दुर्गादेवीले जागिरका लागि निवेदन दिएपछि मानवीय हिसाबले नियम कानुनभित्र रहेर ‘डोर हाजिरी’मा नियुक्ति दिइएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
