काठमाण्डाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधका बीच सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठक सञ्चालन गर्नुभएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरु मा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । दुवै दलका सांसहरुले उभिएर विरोध जनाइरहेका बेला सभामुखले बोल्नका लागि समय नदिइकनै बैठकको कार्यसूची अगाडि बढाउनुभएको हो।
कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरी नाराबाजी गरिरहेकै समयमा संसदीय व्यवस्था कायम गर्न माग गर्दे नाराबाजी गरिरहेकै समयमा सभामुख महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेइसौँ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिनुभएको थियो।
सचिव योगीले नाराबाजीकै बीचमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो । कांग्रेस र राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दे मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
