भोजपुर बजारमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुई जनाको मृत्यु

काठमाडौं । भोजपुरको भोजपुर बजारमा विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरीबीच गोली हानाहान हुँदा २ जनाको मृत्यु भएको छ ।

बुधबार विहान आठ बजे गस्तीमा रहेको प्रहरी र विप्लव समूहका कार्याकर्ताबीच भीडन्त हुँदा एक प्रहरी जवान तथा विप्लव कार्यकर्ताको मृत्यु भएको हो । प्रहरीका अनुसार ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जीव राईको गोली लागेर मृत्यु भएको हो।

Advertisement

यसैगरी विप्लव समूहतर्फ पनि एक जनाको मृत्यु भएको छ । मृत्यु भएका व्यक्ति विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको प्रहरीको भनाइ छ।

प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। प्रहरीमाथि आक्रमण भएपछि अहिले त्यहाँको सुरक्षा कडा पारिएको छ।

सरकारले गत फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि विप्लव समूह र सुरक्षाकर्मीबीच गोली हानाहानका घटना बढ्न थालेका छन्।

More News last news
Loading...