ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुदाँ ३ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन्।
घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ। काँकरभिट्टाबाट सोलुखुम्बु तर्फ जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाईएको छ भने अन्यको उदयपुरको घुर्मीस्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
