नेकपाको जिल्ला इन्चार्ज र सह-इन्चार्ज मापदण्डबारे सहमति, कसलाई कहाँ भागबण्डा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला ईञ्चार्ज र सहईञ्चार्ज तोक्नेबारे सहमति जुटाएको छ । लामो समयदेखि टुंगिन नसकेको जिल्ला नेतृत्व चयनको काम पुरानै इन्चार्जहरूलाई जिम्मेवारी दिनेगरी मापदण्ड तय गरे पनि बल्ल सहमति भएको हो।

पार्टीको शीर्ष तहमा लामो समयदेखि हुँदै आएका छलफलबाट पहिले जिल्ला अध्यक्ष र सचिव तोक्दा अपनाइएको मापदण्डलाई नै लागू गर्ने सहमति बनेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।

Advertisement

नयाँ सहमतिअनुसार अब पूर्वएमालेका तर्फबाट जिल्ला इन्चार्ज भएको ठाउँमा पूर्वमाओवादीका सहइन्चार्ज र पूर्वमाओवादीका तर्फबाट इन्चार्ज तोकिएका ठाउँमा पूर्वएमालेका नेता सहइन्चार्ज हुनेछन् । यसरी भागबण्डा गर्दा अध्यक्ष र सचिवमा भएको सहमतिमा जस्तै पूर्वएमाले र पूर्वमाओवादीलाई ६०-४० को अनुपात हुनेछ ।

यो भनेको पूर्व एमालेलाई ४४ र पूर्वमाओवादीलाई ३३ जिल्लाको ईञ्चार्जको जिम्मेवारी हो । अहिले माधव नेपाल श्रीलंका यात्रामा रहेकोले उनी फर्किएपछि सहमति सार्वजनिक गर्ने शीर्ष नेताहरुबीच सहमति भएको छ । नेता नेपाल असार २८ गते स्वदेश फर्कनेछन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दोहोरो जिम्मेवारी दिने गरेर प्रस्ताव अघि सारेपछि माधव नेपाल पक्षले यसमा असहमति जनाएका थिए । मध्यमार्गको रुपमा पुरानै मापदण्डलाई अगाडि सारिएको नेपाल निकट एक नेताले बताए । यो मापदण्डबाट सहमतिमा जाँदा जिल्ला ईञ्चार्जमा माधव नेपाल पक्षकै बाहुल्यता हुनेछ ।

More News last news
Loading...