रिमा विश्वकर्माको घोषणा : अर्को विवाह गर्छु (भिडियो सहित)

काठमाडौं । चर्चित नायिका रीमा विश्वकर्मा अर्को विवाह गर्ने तयारीमा जुटेकी छिन्।

शनिबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नायिका विश्वकर्माले आफूले अर्को विवाह गर्न सक्नेबारे खुलासा गरेकी हुन्।

Advertisement

धमलाले हाक्काहाक्की तपाईको विवाह हुने सम्भावना कत्तिको छ भनि प्रश्न तेर्साएपछि रिमाले पनि सिधासिधी जवाफ फर्काईन्। उनले भनिन्, “छ नि। भोलि कसले देखेको छ र ? विवाह हुन्छ नै भनेर म ग्यारेन्टी दिन सक्दिन् । तर, त्यो सम्भावना छ।”

धमला त्यतिमात्रै रोकिएनन । उनले अर्को प्रश्न तेर्साए, विवाहको लागि तपाईको नजरमा कोही युवक परेको छ रु जवाफमा रिमाले भनिन्,”साँच्चै भन्नुपर्दा अहिले मेरो प्राथमिकतामा करियर नै परेको छ । त्यो हिसाबले अहिले हालसाललाई चाहीँ छैन ।”

रिमाको पहिलो विवाह लण्डन बस्ने नेपाली युवा रोबट विश्वकर्मासँग भएको थियो । तर, उक्त विवाह धेरै वर्ष टिक्न सकेन। उनीहरु डिभोर्स दिन बाध्य भएका थिए । त्यसयता रिमाले अब विवाह नगर्ने घोषणा गर्दै आएकी थिईन।

More News last news
Loading...