एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन (तालिकासहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको तालिका परिवर्तन भएको छ ।

यसअघि साउन २६ र २७ का लागि तोकिएको परीक्षा आउँदो भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले सूचना निकालेर भदौ १ गतेदेखि परीक्षा हुने जनाएको हो ।

Advertisement

२०७५ साल चैत महिनामा भएको कक्षा १० को परीक्षामा नियमित समूहबाट परीक्षा दिएर सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धिको लागि परीक्षामा सहभागी हुन सक्नेछन् ।

तर दुई विषय भन्दा बढी विषयमा अनुपस्थित रहेका वा ग्रेड उल्लेख नभएका विद्यार्थी भने यो परीक्षामा सहभागी हुन नपाउने सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्:

More News last news
Loading...