काठमाडौं । राजधानीमा भूकम्पको धक्का महशुस गरिएको छ ।
भक्तपुरलाई केन्द्र बनाएर शनिबार अपरान्ह भूकम्प गएको हो । ४ बजेर १५ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग लैनचौरले जनाएको छ ।
यो पनि गोरखा भूकम्पकै परकम्प भएको जनाईएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आएको छैन। शनिवारको दिन प्राय सबैजना घरमा रहेका आएका वेला भूकम्पले सबैलाई त्रसित बनाएको छ ।
भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
भूकम्पका कारण मुसलधारे पानी परिरहँदा पनि स्थानीयहरु सडकमा निस्किएका थिए । २०७२ बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो।
त्यसपछि परकम्पहरु गइराखेका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
