एजेन्सी । लिबियाको राजधानी त्रिपोली नजिकै एउटा थुनुवा केन्द्रमा गरिएको बम बिस्फोटमा परी एक नेपालीको ज्यान गएको छ ।
मंगलबार राती भएको बिस्फोटमा २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान गएको इजिप्टको कारयोमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।
श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर मानव तस्करको चङ्गुलमा परेर युद्धग्रस्त अफ्रिकी देश लिबियामा पुगेको बताइएको छ ।
आक्रमणमा परी २७ वर्षीय सन्तोष श्रेष्ठसहित धेरै शरणार्थी तथा आप्रवासीको मृत्यु भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
