एसईईको पूरक परीक्षाको तालिका सार्वजनिक (तालिका सहित)

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७६ असार १४ गतेको निर्णय अनुसार २०७५ चैतमा सञ्चालित परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सी भन्दा तलको ग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयका परीक्षमा अनुपस्थित भएका परक्षिर्थीहरुका लागि पूरक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

Advertisement

पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा बोर्डले जनाएको छ ।

More News last news
Loading...