काठमाडौं । अव वैदेशिक रोजगारीसँग सम्बन्धित महत्वपूर्ण सूचनाहरु मोबाइल एपबाट पाइने भएको छ । यसका नेपाल सरकारले ‘वैदेशिक रोजगारी एप’ ल्याएको छ ।
एपबाट विदेश जानुअघि र विदेश पुगेपछि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी पाइने जनाईएको छ । पासपोर्ट नम्बर र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन, म्यानपावर कम्पनीको बारेमा, अभिमुखीकरण तालिम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्थालगायतका विवरण पाउन सकिन्छ ।
एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बीमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एपबाट हेर्न सकिने व्यवस्था छ ।
त्यस्तै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिने प्रावधान छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
