लहान । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका स्थित पड्रिया चोकमा सोमबार अपरान्ह ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानले पड्रिया चोकमा रोकेर यात्रु चढाउँदै गरेका बेला सोही दिशाबाट जाँदै गरेको ना८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिन पुगेको थियो।
ट्रकको ठक्करबाट म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० बर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाका ७० बर्षीया बचियादेवी राम र नाम ठेगाा नखुलेको एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए।
दुर्घटनामा अन्य १३ जना घाइते भएको र घाइतेहरुलाई उपचारको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल तथा नरसिंह होम र ६ जना गम्भीर घाइतेलाइ धरान पठाएको प्रहरी नायब निरीक्षक चौधरीले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
