युवतीमाथि कुटपीट गरेको आरोपमा धर्तीमाता भनिने विष्णु कुँवर पक्राउ

काठमाडौँ । आफूलाई धर्ती माता दाबी गर्दै आएकी विष्णु कुँवर पक्राउ परेकी छिन्।

भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएको आरोपमा प्रहरीले कुँवरलाई पक्राउ गरेको हो।
कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।

Advertisement

बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही दिन अघि राजधानीको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

More News last news
Loading...