एकैपटक ४ सय वढीलाई खुल्यो स्थायी जागिर, कुन पदमा कति ? (बिज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ४ सय भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ । शुक्रबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले विभिन्न पदका लागि दरखास्त मागेको हो ।

सहनिर्देशक (१०) औ तह देखि, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत उच्च पद र तल्लो तह सम्मको जागिरको अवसर खुलाइएको हो ।

Advertisement

त्यसैगरी प्राधिकरणले मिटर रिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर हेभी इक्वीपमेन्ट अपरेटर, सहायक लेखापाल, फोरमेन, फोरमेन ड्राइभर, मिटर रिडर, इलेक्ट्रिसियन, जुनियर मिस्त्री र ड्राइभरका लागि प्राधिकरणले विज्ञापन प्रकाशित गरेको हो ।

प्राधिकरणले वढुवा र आन्तरिक प्रतिस्पर्धामा पनि बिज्ञापन खुलाएको छ ।

यसैगरी, नेपाल पारबहन तथा गोदाम व्यबस्था कम्पनी लिमिटेडमा रोजगार खुलेको छ । शुक्रबार गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै कम्पनीले सह प्रबन्धक (९ तह) तहदेखि वरिष्ठ सहायक (५) तहसम्मगरी २७ जनालाई जागिर खुलाएको हो ।

बिस्तृत विवरण बिज्ञापनमा हेर्नुहोस् :

More News last news
Loading...