काठमाडौं । काठमाडौं उपत्यकामा केहि समय यता युवतीमाथि श्रृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
नैकापका ३० वर्षीय सन्तोष कार्कीलाई बिहीबार राति प्रहरीले महाराजगञ्जको भाटभटेनी नजिकैबाट पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले भने सिरिन्जले आक्रमण नगरेको दावी गरेका छन् ।
प्रहरीका अनुसार कार्कीले आनन्द लिनको लागि युवतीमाथि ढलान गर्ने किला प्रहार गर्ने गरेको बयान दिएका छन् । यसबारेमा प्रहरीले थप अनुसन्धान भैरहेको जनाएको छ ।
केही उपत्यकाका विभिन्न ठाउँमा पाँच जना युवतीले आफूमाथि धारिलो औजारको प्रयोगबाट आक्रमण भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
