नेकपाकी सांसद शान्ता चौधरी ‘बी’ ग्रेड ल्याएर उत्तिर्ण

काठमाडौं । नेकपाकी सांसद तथा सचेतक रहेकी शान्ता चौधरी एसईई परीक्षामा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् । दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी उनी बी ग्रेडमा उत्तिर्ण भएकी हुन्।

२०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही-२ मा कक्षा ८ मा भर्ना भएकी थिइन्। उनी खुला विद्यालयमा भर्ना भएकी थिइन्। उनले छोरीसँगै एसईई दिएकी हुन्।

Advertisement

उनकी छोरी बिनु चौधरी बी प्लस ल्याएर उर्तिण भएकी छिन्। विनुले बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिएकी थिइन्।

More News last news
Loading...