कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुद्वारा पोखरा महानगरपालिकामा तालाबन्दी

पोखरा । कांग्रेसबाट निर्वाचित असन्तुष्ट वडा अध्यक्षहरुले पोखरा महानगरपालिकामा तालाबन्दी गरेका छन्।महानगरपालिकाले ल्याएको आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा असन्तुष्टी जनाउँदै नेपाली कांग्रेसबाट विजयी असन्तुष्ट वडाध्यक्षहरुले महानगरपालिकाको मुख्य प्रवेशद्वारमै ताला लगाएका हुन्।

बजेट निर्वाचनमुखी देखियो, हामीले हाम्रा योजनालाई समेट्दै समानुपातिक रुपमा बजेट माग गरेका थियौँ तर मेयरले आफ्ना कार्यकर्ताले जितेका वडामा धेरै बजेट राखेर कसैलाई काखा कसैलाई पाखा गरेकाले समानुपातिक बजेटका तालाबन्दी गर्नुपरेको वडा नम्बर १० का वडाध्यक्ष गुरुङले डिसी नेपाल डटकमलाई बताए।

Advertisement

महानगरपालिकाले योजनाको रातो किताब अध्ययन गर्न जम्मा एक घण्टाको मात्रै समय दिएको भन्दै आक्रोश पोखेका छन्। अहिले महानगरपालिकामा तालाबन्दी गरेर वडाध्यक्षहरु आन्दोलनमा उत्रिएका छन् । समानुपातिक बजेट कायम गर, वडाको बजेटमा काखा पाखा गर्न पाईँदैन लगाएतका नारा लगाउँदै विरोधमा उत्रिएका छन्।

यता महानगरपालिका स्रोतले भने असन्तुष्टी भए विरोध गर्न पाईने तर असन्तुष्ट व्यक्त गर्ने शैली प्रजातान्त्रिक नभएको जनाएको छ ।

More News last news
Loading...