अवतरणका क्रममा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । विमान दुर्घटनामा पर्दा २ जनाको ज्यान गएको छ । रुसको साइबेरियामा आज अवतरणका क्रममा अनियन्त्रित भएर एउटा सानो यात्रुबाहक विमान दुर्घटनाग्रस्त भएको हो।

बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको जानकारी दिइएको छ।साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्ने क्रममा बिमान दुर्घटनाग्रस्त भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन्।

Advertisement

एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो। उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको बताइएको छ। आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा पनि ठक्कर दिएको थियो।

बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो। रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा आवश्यक थप अनुसन्धान अगाडी बढाएको छ।

More News last news
Loading...