काठमाडौँ । युरोपेली राष्ट्र लाटभियामा भएको स्वतन्त्र तिब्बत पक्षधर कार्यक्रममा सहभागी भएका सांसद प्रदीप यादवलाई समाजवादी पार्टी, नेपालले निलम्बन गरेको छ।
गएको वैशाख २४ देखि २७ गतेसम्म लाटभियाको राजधानी रिगामा स्वतन्त्र तिब्बत पक्षधर सांसदहरूको भेलामा नेपालबाट यादव र राजपाका सांसद एकबाल मियाँ सहभागी भएका थिए।
लाटभिया भ्रमणबारे पार्टीले स्पष्टीकरण सोधे पनि यादवले जवाफ चित्तबुझ्दो नदिएपछि कारबाही गरेको पार्टीले जनाएको छ।
यादवलाई कारबाहीस्वरुप ६ महिनासम्म पार्टी सदस्यबाट निलम्बन गर्ने निर्णय गरिएको छ। सांसद पदबाट निलम्बन गर्ने नगर्ने कुनै निर्णय भने भएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
