काठमाडौँ । विदेशी टेलिभिजन च्यानलमा विज्ञापनरहित ९क्लिन फिड० नीतिको विरोधस्वरूप केबुल, डिजिटल र इन्टरनेट टीभी सेवा प्रदायकहरूले २४ घण्टाका प्रसारण बन्द गरेसँगै सामाजिक सञ्जालमा सर्वसाधारण नागरिकहरूले तीव्र प्रतिक्रिया दिएका छन्।
सरकारले पटक पटक समयावधि थपेर कार्यान्वयन पछाडि सारेको क्लिन फिड आगामी साउन महिनाबाट लागु गर्ने तयारी गरेको छ। उक्त नीति लागु भए सर्वसाधारणहरूले विदेशी च्यानल हेर्दा अन्य देशका बजारलाई लक्षित विज्ञापन हेर्नुपर्ने बाध्यता रहने छैन।
सर्वसाधारण र नेपाली विज्ञापन एजेन्सीहरूले समर्थन गरेको सो नीति विदेशी च्यानलहरूको अडानका कारण लागु गर्न नसक्ने टीभी सेवा प्रदायकहरूको भनाइ छ।
सेवा प्रदायकको विरोध
सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा सरकारले जारी गर्न लागेको नीतिगत व्यवस्थाबारे अधिकांश प्रयोगकर्ताहरूले समर्थन जनाएको देखिन्छ। आम मानिसहरूसँग मासिक शुल्क असुलेर विरोध स्वरूप च्यानल बन्द गर्न नपाइने अधिकांशको मत छ।
अन्य केही प्रयोगकर्ताहरूले भने विदेशी च्यानलका कारण सांस्कृतिक विचलन बढेको भन्दै त्यस्ता च्यानल प्रसारणलाई निरुत्साहित गर्ने कदम सकारात्मक भएको बताएका छन्।
क्लिन फिडको समर्थनमा मह
प्रसिद्ध हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि क्लिन फिडको समर्थनमा देखिएका छन्। आचार्यले फेसबुकमा लेख्दै भनेका छन् – ‘यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, कलाकार, प्राविधिकसहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ। नेपाल सरकारको यो हिम्मतीलो निर्णयमा हाम्रो साथ छ। समर्थन छ।’ बीबीसी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
