काठमाडौं । गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सुन्दरीजलबाट काठमाडौं आउँदै गरेको बस गोकर्णमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हनुेको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा अन्य १० जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
बा १ ख ८७४४ नम्बरको बस गोकर्णस्थित रमझमचोक भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएलगत्तै बसका चालक फरार रहेकाले खोजीकार्य भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
