बिहानै जनकपुरमा एकसाथ ९ वटा ग्यास सिलिण्डर विस्फोट

काठमाडौँ । बिहानै जनकपुर स्थित एक होटलमा एकसाथ ९ वटा ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेरपूर्णरुपमा नष्ट भएको छ।

बिहीबार बिहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

Advertisement

होटलको भान्छामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयबासीको भनाई छ। ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो। आगलगीबाट लाखौंको क्षति भएको बताइएको छ।

होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो। एकाविहान करिब ३ बजे सबै मानिसहरु सुतिरहेका थिए। सोहि समयमा एक्कासी सुरुमा एउटा भरिएको ग्याँस सिलिण्डर विस्फोट भयो। त्यसपछि अरुपनि सिलिण्डर विष्फोट हुँदै गए।

More News last news
Loading...