विदेशी च्यानल बन्द हुने

काठमाडौं । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ र १० विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका छन्।

‘विज्ञापन ऐन, २०७६’ को विरोध गर्दै टेलिभिजन सेवा प्रदायकहरुले ९ गते दिउँसो १२ बजेदेखि १० गते १२ बजेसम्म २४ घण्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गर्ने भएका हुन्।

Advertisement

‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा जति पनि विदेशी च्यानल छन् ती च्यालनले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने उल्लेख गरिएको छ। अहिले यो ऐन छलफलका लागि संंसद्मा पुगेको छ।

यो ब्यबस्था लागू गर्दा हुन आउने परिस्थितिबारे जानकारी गराउन असार ९ र १० गते २४ घण्टाका लागि विदेशी च्यानल बन्द गर्न लागिएको नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए।

More News last news
Loading...