बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना, ९ जनाको मृत्यु (नामावलीसहित)

काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिकास्थित डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जादै गरेको से १ झ १०७२ नम्बरको जिप मष्टा गाउँपालिका १ डौठ्या खोलाको घुम्तीबाट खस्दा ९ जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए।

घटनास्थलमा खटिएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ ।

उद्धार कार्यको लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ। जिल्ला अस्पताल बझाङको चिकित्सकको टोलीले घटनास्थलमै घाइतेको प्राथमिक उपचार गरिरहेको छ। उद्धारका लागि हेलिकोप्टरको प्रतीक्षा गरे पनि मौसम खराब भएकाले पुग्न सकेको छैन।

More News last news
Loading...