काठमाडौं । लोकसेवा आयोगले रातारात दरखास्त फर्म बन्द गरेपछि हजारौं युवायुवतीले लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा घेरा हालेका छन्।
इन्टरनेटमार्फत् दरखास्त भर्दा गएरातिबाट लोकसेवा आयोगले नलिएको भन्दै घेरा हालेका हुन्। देशभरका पाँच सय १५ स्थानीय तहका लागि नौ हजार, एक सय ६१ सिटका लागि १५ जेठमा खोलिएको विज्ञापनको दरखास्त भर्ने भोलसम्म मात्रै म्याद छ।
इन्टरनेटमार्फत् भर्नुपर्ने दरखास्त फाराम नबुझेसम्म नफर्कने भन्दै युवाहरुले स्वतस्फूर्त नारावाजी समेत गरेका छन्। स्थिति अनियन्त्रित हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। लोकसेवा आयोगको मूल ढोकामा प्रहरीले कडा सुरक्षा दिइरहेको छ।
थप जानकारीका लागि भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
