एजेन्सी । बिहारमा भीषण गर्मी र लूको कारणले शनिबार ६६ मानिसको मृत्यु भएको छ।
मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन्।
लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए। प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारी छ । सरकारले अस्पताललाई हाई अलर्टमा राखेको छ ।
केन्द्रीय स्वास्थ मन्त्री डा हर्षवर्धन गर्मीमा कमी नआएसम्म घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन्।
डाक्टरका अनुसार ‘लू’ बाट प्रभावितहरुमा भाइरल ज्वरो आएको थियो । मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
