२ दिनदेखि जोगबनी नाका ठप्प, २ सय भन्दा बढी सवारी बाटोमै रोकिए

काठमाडौं । विगतमा लामो समय नाकाबन्दीको मार खेपेको नेपाललाई फेरि असर पर्ने देखिएको छ। नेपाल–भारत सीमा क्षेत्र जोगबनी नाका हिजो देखि बन्द गरिएको छ।

भारतको जोगवनी भन्सारका एजेन्ट र भारतीय सीमा सुरक्षा बल एसएसबीबीच उत्पन्न विवादका कारण नेपालतर्फ आउने सामानहरु भारतीय भूमिमा नै ठप्प भएर रोकिएपछि नाकाबन्दीजस्तै अवस्था उत्पन्न भएको छ।

Advertisement

एसएसबी र भारतीय भन्सारबीचको विवाद उग्र बन्दै गएपछि त्यसको असर सीमा नाकामा परेको जनाइएको छ। भारत तथा तेस्रो मुलुकबाट आयात भएका सामानहरु लिएर नेपाल आउँदै गरेका मालवाहक गाडीहरु बोर्डरमै रोकिएका छन्।

नेपालबाट फर्कने क्रममा रहेका सवारी साधन पनि नेपालतर्फ नै रोकिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। नाका ठप्प हुँदा नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउजाउ गर्ने दुई सयभन्दा बढी मालवाहक गाडीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

More News last news
Loading...