पूर्वसांसद्को निधनपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बिहानका लागि तय बैठक स्थगित भएको छ।

पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि आजको बैठक स्थगित भएको स्रोतले जनाएको छ।

Advertisement

संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ।

पौडेलको चितवनको माडीस्थित आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो।

More News last news
Loading...