ओमानमा दुई वटा तेल ट्याङ्करमाथि विस्फोट

ओमान । ओमानमा भएको एउटा शङ्कास्पद हमलामा दुईवटा ट्याङ्करमा क्षति पुगेको छ। ती ट्याङ्करहरू विश्वकै व्यस्त तेल निर्यात मार्गमध्येको एउटा मार्गनजिकै थिए।

दुईमध्ये एक ट्याङ्करका सञ्चालकले त्यहाँ विस्फोटन भएको र आग्लागी भएको बताएका छन्। ती दुबै ट्याङ्करका टोलीलाई सुरक्षित स्थलमा सारिएको छ।

Advertisement

आशङ्का
गत मेमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि अमेरिकी प्रतिबन्ध लगाएपछि उक्त क्षेत्रमा तनाव चुलिएको छ। अमेरिकीहरूले ती क्षेत्रमा इरानी हमलाको सम्भावना रहेको भन्दै आफ्नो सेनाको उपस्थिति बलियो बनाएको छ।

पछिल्लो शङ्कास्पद हमलाबारे वाशिङटनले प्रतिक्रिया जनाउन बाँकी छ। तर संवाददाताले भनेका छन्, उसले उक्त हमलाको पछाडि तेहरानको हात रहेको शङ्का गरेको छ।

तेल ट्याङ्करहरूमा विस्फोटन भएपछि त्यसमा रहेका चालक दलका थुप्रै सदस्यको उद्धार गरिएको छ।इरानले कोकुका करेजियसमा सवार २१ चालक दल र फ्रन्ट एल्टेयरमा सवार २३ जनाको उद्धार गरेको जनाएको छ भने अमेरिकाले पनि आफ्ना नौसेनाले केहीको उद्धार गरेको बताएको छ।

झण्डै पाँच महिनासम्म ओरालो लागेको तेलको भाउ बिहीवारको घटनापछि ४.५ प्रतिशतसम्मले बढेको ब्लूमबर्गले लेखेको छ।

कारण
तेल ट्याङ्करमा के कारणले विस्फोट भएको थियो भन्ने चाहिँ स्पष्ट भएको छैन। ती जहाजहरू अहिले संयुक्त अरब एमिरेट्सको फेजेराबाट ८० माइल र इरानबाट १६ माइलको दूरीमा छन्। संयुक्त अरब एमिरेट्स जाँदै गरेका चारवटा तेल ट्याङ्करमा हमला भएको एक महिनापछि पछिल्लो घटना भएको हो।

संयुक्त अरब एमिरेट्स, साउदी अरेबिया र नर्वेले गत साता संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई संयुक्त प्रतिवेदन प्रस्तुत गर्दै ती ट्याङ्करमा विस्फोट गराउने उपकरणहरू गोताखोरले राखेको बताएका थिए। बीबीसी

More News last news
Loading...