काठमाडौं । सरकारले सार्वजनिक भाडाका सवारी साधनको भाडा वृद्धि गरेको छ। १० देखि २० प्रतिशतसम्म वृद्धि गरिएको भाडा १ असारबाट लागू हुने यातायात व्यवस्था विभागले बतायो।
यसअघि ७ असोज २०६५ मा भाडा वृद्धि गरिएको थियो। हालको वृद्धि अनुसार छोटो दुरीको ० देखि ४ कि।मि। सम्मले १५ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि उक्त दुरीको मूल्य १४ रुपैयाँ थियो। ८ किलोमिटरसम्म २० रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ।
लामो दुरीमा पनि मूल्य वृद्धि गरिएको छ । छोटो दुरीमा अब न्यूनतम शुल्क १५ भएको छ । २४ भाद्र २०७२ मा भाडा वृद्धि भएको तीन वर्षपछि भाडा वृद्धि भएको थियो। यसपटक ८ महिना नबित्दै भाडा वृद्धि गरिएको छ।
यातायात व्यवसायीले इन्धनको मूल्य वृद्धि र बजार भाउ वृद्धिको कारण देखाउँदै मूल्य समायोजनको माग राख्दै आएका थिए । सरकारले कर वृद्धि गर्दा इन्धनको मूल्य बढेको थियो।
सवारी साधनको पार्टपूर्जा, श्रमिकको तलब सेवा सुविधालगायतमा वृद्धि गर्नुपरेको भन्दै यातायात व्यवसायी असन्तुष्ट थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
